दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी आयोजना भएको छ।
प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य, गुराँसले ढाकिएका डाँडा, चौँरीगोठ, स्थानीय जनजीवन तथा धार्मिक सम्पदाका आकर्षक तस्बिरहरू समेटिएका छन्।
पर्यटन पत्रकारितामा सक्रिय लामा लामो समयदेखि नेपालका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर र आलेखमार्फत प्रचार–प्रसार गर्दै आएका छन्। प्रदर्शनीमार्फत उनले चेर्दुङको प्राकृतिक सौन्दर्य, अध्यात्मिक महत्व तथा पदयात्रा पर्यटनको सम्भावना उजागर गर्ने प्रयास गरेका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका–४, झ्याँकुमा जन्मिएका लामा वि.सं. २०६२/६३ को जनआन्दोलनपछि व्यावसायिक पत्रकारितामा सक्रिय भएका हुन्।
उनी ‘कालिञ्चोक सन्देश’ साप्ताहिकबाट फोटो पत्रकारितामा परिचित बनेका थिए।
प्रदर्शनी जेठ १६ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
-1779971405.jpg)
-1779971404.jpg)
-1779971405.jpg)
-1779971405.jpg)
-1779971404.jpg)
-1779971404.jpg)
-1779971404.jpg)
-1779971403.jpg)
-1779971405.jpg)
-1779971403.jpg)