चलचित्र विकास बोर्डले सगरमाथाको सफल आरोहण गरेका पाँच जना चलचित्रकर्मीलाई सम्मान गरेको छ।
बोर्डले २५ वर्षभित्र विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चलचित्र क्षेत्रको गौरव बढाएको भन्दै कलाकार निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य तथा मेकअप आर्टिस्ट निलम पौडेललाई सम्मान प्रदान गरेको हो।
सम्मान समारोह बोर्डको प्रेक्षालयमा आयोजित २६ औं वार्षिकोत्सव कार्यक्रममा मंगलबार सम्पन्न भएको थियो।