फिल्म 'भागदौड' प्रदर्शनमा आएको छ। हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो।
सामाजिक ड्रामा फिल्म 'भागदौड' ले समाजका विविध पक्षलाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुभाष तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माता विश्वराम विष्ट हुन्।
'भागदौड' ले शो भने निकै न्यून पाएको छ। देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा फिल्म प्रदर्शनमा आएको छैन। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईमा भने सीमित शोसहित रिलिज गरिएको छ। राजधानीसहित देशका अधिकांश हलमा पनि फिल्मले न्यून शो मात्र पाएको देखिन्छ।
शुक्रबारदेखि भारतीय कमेडी फिल्म 'धमाल ४', हलिउड हरर फिल्म 'इभिल डेड बन' तथा एनिमेटेड 'मोना' सहितका विदेशी फिल्म समेत नेपाली हलमा प्रदर्शनमा आएका छन्।