तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)-२०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ।
इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा फिल्मकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो।
आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्ये स्वतन्त्र निर्णायक मण्डलले गरेको मूल्यांकनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको हो।
निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक तथा गीतकार करूण थापा रहेका थिए।
कार्यक्रममा मनोनयनमा परेका फिल्म तथा फिल्मकर्मीको परिचय समेटिएको श्रव्यदृश्य प्रदर्शन गरिएको थियो। त्यसपछि प्रत्येक विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई मञ्चमा आमन्त्रण गरी मनोनयन प्रमाणपत्र प्रदान गरिएको थियो।
निर्णायक मण्डलका सदस्य हरिहर शर्मा र गौरी मल्लले ईन्फा अवार्ड निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने उल्लेख गर्दै अवार्डको नतिजा निर्धारणमा आयोजकको कुनै भूमिका नरहने बताए। उनीहरूका अनुसार सम्पूर्ण मूल्यांकन निर्णायक मण्डलले प्रदान गरेको अंकका आधारमा गरिएको हो।
अवार्डका चिफ कोअर्डिनेटर मनिष कार्कीले बेलायतमा सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवलाई आत्मसात् गर्दै यस वर्षको ईन्फा नेपालमै अझ भव्य र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी दिए। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै यसको पहिचान थप स्थापित गर्ने अभियानलाई निरन्तरता दिइने उनले बताए।
यसै अवसरमा नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रूपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। अवार्ड समारोह आगामी साउन ३० गते काठमाडौंस्थित होटल याक एन्ड यतीमा हुने जनाइएको छ।
उत्कृष्ट ५ मनोनयन
उत्कृष्ट चलचित्र
आ बाट आमा
ऊनको स्वीटर
कोशेढुंगा
जेरीः अन टप
परान
उत्कृष्ट निर्देशक
दीपकप्रसाद आचार्य– परान
नवीन चौहान– ऊनको स्विटर
सरोज पौडेल– कोशेढुंगा
सुदिप्ता– रमिताको पिरती
सुयोग गुरूङ– जेरीः अन टप
उत्कृष्ट अभिनेता
अनमोल केसी– जेरीः अन टप
नाजिर हुसेन– गुन्यु चोलो
नीर शाह– परान
पल शाह– आ बाट आमा
विपिन कार्की– ऊनको स्वीटर
उत्कृष्ट अभिनेत्री
आना शर्मा– रमिताको पिरती
जसिता गुरूङ– जेरी अन टप
मिरूना मगर– ऊनको स्वीटर
रिश्मा गुरूङ– रिमै
सुरक्षा पन्त– कोशेढुंगा
चरित्र अभिनेत्री
कविता आले– जनै हराएको मान्छे
लक्ष्मी गिरी– श्री बुकुरो
विपना थापा– आ बाट आमा
रमा थपलिया– जन्ते बाख्रो
ऋचा शर्मा– बलिदान
चरित्र अभिनेता
लोकेन्द्र लेखक– जन्ते बाख्रो
माओत्से गुरूङ– रिमै
माओत्से गुरूङ– ऊनको स्विटर
वुद्दि तामाङ– माइतीघर
सन्तोष पन्त– हर्ष
उत्कृष्ट द्वन्द्व निर्देशक
राजु तामाङ – नरसिंहा अवतार
सम्राट बस्नेत÷राजु तामाङ – जेरीअनटप
श्री श्रेष्ठ– परिवर्तन
श्री श्रेष्ठ– राम नाम सत्य
श्री श्रेष्ठ र स्टनर शाम– बलिदान
उत्कृष्ट खलपात्र
अर्जुन जंग शाही– मोहर
दिव्यदेव पन्त– हरि बहादुरको जुत्ता
प्रवीण खतिवडा– कोशेढुंगा
हेमन्त बुढाथोकी– बलिदान
श्रृष्टि श्रेष्ठ– द ब्लू लाइट
उत्कृष्ट छायांकार
चिन्तनराज भण्डारी– ऊनको स्विटर
दुलिप रेग्मी– जेरीः अन टप
नरेन्द्र मैनाली– द ब्लू लाइट
सुजन प्रजापति– माइतीघर
शैलेन्द्र डी कार्की– रिमै
उत्कृष्ट सह-अभिनेता
आर्यन सिग्देल– कोशेढुंगा
प्रकाश दाहाल– अभिमन्यू
प्रकाश सपुत– माइतीघर
विनय श्रेष्ठ– रमिताको पिरती
वुद्दि तामाङ– भाइरल गोर्खे
उत्कृष्ट सह-अभिनेत्री
आँचल शर्मा– जेरीः अन टप
उपासना सिंह ठकुरी– के घर के डेराः घर नम्बर २
गौमाया गुरूङ– रिमै
प्रियंका कार्की– हरिबहादुरको जुत्ता
रेणुनाथ योगी– रमिताको पिरती
उत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की र शैलेन्द्र– आ बाट आमा
बज्र क्रियशन– ऊनको स्वीटर
मोहक श्रेष्ठ– द ब्लू लाइट
रोहित शाक्य– रिमै
रोमन बज्राचार्य र निकेश– रमिताको पिरती
उत्कृष्ट नव-अभिनेत्री
उषा उप्रेती– आ बाट आमा
खुशी कार्की– राम नाम सत्य
विनिता कार्की– पीआर
विना राउत– मन विनाको धन
श्यामाश्री शेर्पा– माइतीघर
उत्कृष्ट नव-अभिनेता
अशोक दर्जी– मन विनाको धन
मन्जिल कुमार– कोशेढुंगा
विमोचन दवाडी– झरीपछिको इन्द्रेणी
समीर श्रेष्ठ– रमिताको पिरती
सुरज पौडेल– पीआर
उत्कृष्ट पाश्र्व गायिका
झुमा लिम्बु– ऊनको स्वीटर (काफ्ले)
मनिषा सुनार– नरसिंहा अवतार (तिम्रो मात्र)
रचना रिमाल– राम नाम सत्य (धागोले बाटेको)
सिमरन परियार– सिटामोल (औँठी सुनैको)
सोनिया बराइली– जेरीः अन टप (कुराउनी)
उत्कृष्ट पाश्र्व गायक
एस.डी. योगी– राम नाम सत्य (हुम्लाको लिमी)
बाबुल गिरी– सिटामोल (औँठी सुनैको)
रवि ओड– आ बाट आमा (लैजा खबर)
साइराज खती– नरसिंहा अवतार (तिम्रो हुने)
सुजन चापागाईँ– ऊनको स्विटर (फूलहरू)
उत्कृष्ट गीतकार
गोविन्द भट्ट– सिटामोल (मुटु भित्र खिल छ)
प्रभा बर्तौला– मोहर (सपना हो कि)
बाबुल गिरी– हामी तीन भाई (मैले जति दुःख)
बुद्धि सागर– ढुंगा देउता (के घर के डेराः घर नम्बर २)
हर्क साउद– ऊनको स्विटर (फूलहरू)
उत्कृष्ट पटकथा
ओम प्रतिक– मोहर
नविन चौहान र सुरज– ऊनको स्वीटर
बुद्धि सागर– के घर के डेराः घर नम्बर २
विश्वास तिमिल्सिना– जेरीः अन टप
सुदिप्ता अधिकारी– रमिताको पिरती
उत्कृष्ट सम्पादन
कृष्ण भण्डारी– ऊनको स्विटर
नहकुल खड्का– हरि बहादुरको जुत्ता
निमेष श्रेष्ठ– जेरीः अन टप
बन्दे प्रसाद– राम नाम सत्य
सुनिल सिवाकोटी– रमिताको पिरती
उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज– सिटामोल (झुम्का)
किरण थापा– जेरीः अन टप (कुराउनी)
रामजी लामिछाने– मोहर (चाहिँदैन मोहर)
स्मृति तिमिल्सिना– कोशेढुंगा (नत्र भने)
सियोन श्रेष्ठ– राम नाम सत्य (हुम्लाको लिमि)