साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म 'लज्जावती'को पहिलो गीत सार्वजनिक गरिएको छ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक 'दिलको मोटर' गीतमा सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।
गीतको शब्द तथा संगीत भने बाबुल गिरीको हो। कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरको रूपमा तयार गीतले स्रोता तथा दर्शकको मन जित्ने निर्माण टिमको अपेक्षा छ।
आहा फिल्मस्को ब्यानरमा केन मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको 'लज्जावती' राजबहादुर सानेले निर्देशन गरेका हुन्।
सौरभ ओली प्रस्तुतकर्ता रहेको फिल्ममा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता छन्।
दिव्यराज सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा तारा थापाको सम्पादन छ।
फिल्ममामा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायत कलाकारहरूको अभिनय छ।
यो फिल्मलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।