व्यवसायिक सफल फिल्म 'झिंगेदाउ' युट्युबमा सार्वजनिक गरिएको छ। यसको सिक्वेल 'झिंगेदाउ २' प्रदर्शनमा आउनुअघि पहिलो भाग युट्युबमा रिलिज गरिएको हो।
'झिंगेदाउ' शुक्रबार ओएसआर मुभिजमार्फत सार्वजनिक गरिएको छ।
२०७९ सालमा हलमा प्रदर्शनमा आएको 'झिंगेदाउ' व्यावसायिक रूपमा सफल फिल्म हो। ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी र विजय देउजालगायत कलाकारको अभिनय छ।
'झिंगेदाउ २' को निर्देशन पनि ज्ञानेन्द्र देउजाले नै गरेका हुन्। असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा पहिलो भागका धेरैजसो कलाकार दोहोरिएका छन्। त्यस्तै, महेश त्रिपाठी र आर्यन सिग्देललगायत कलाकारको समेत प्रमुख भूमिका छ।