'८३ सालको गाईजात्रा' कार्यक्रम स्थगित गरिएको छ।
आयोजक ब्राण्डवर्थ प्रालिले सूचना जारी गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही भदौ १२, १३ र १४ गते '२०८३ को गाईजात्रा' कार्यक्रम गर्ने तयारी थियो। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कार्यक्रम स्थगित गरिएको हो।
कार्यक्रम स्थगित गर्ने निर्णयबारे भनिएको छ, 'यही भदौ १२, १३ र १४ गते ब्राण्डवर्थ प्रालिद्वारा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना हुने भनिएको ‘२०८३ सालको गाईजात्रा’ कार्यक्रम यो विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको जानकारी गराउँदछौं।'
कार्यक्रममा हास्य व्यंग्य कलाकार मनोज गजरेल, शैलेन्द्र सिंखडासहित थुप्रै चर्चित कलाकाहरूले प्रस्तुति दिने तयारी थियो।