रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि कन्टेन्ट क्रियटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रूपैयाँ सहयोग गरेका छन्।
उनले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोगपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पीडाको यो समयमा सबै एकसाथ उभिन आग्रह गरेका छन्।
बाढीका कारण धेरैका घर, सपना र अमूल्य जीवन गुमेको उल्लेख गर्दै कुल ब्वायले आफ्नो सहयोगले सबै पीडा मेटाउन नसके पनि प्रभावितको जीवनमा थोरै भए पनि आशा, राहत र हिम्मत थप्ने विश्वास व्यक्त गरेका छन्।
उनले आफूहरूको तर्फबाट लत्ताकपडा तथा आवश्यक राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको समेत जनाएका छन्।
अन्य थुप्रै कलाकारहरूले सरकारी कोषमा आर्थिक सहयोग गरिरहेका छन्।