नयाँ तीज गीत सार्वजनिक भएको छ।
निर्मला घिमिरे (निरू) ले आउँदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ‘माइतीको आँगन’ बोलको गीत रिलिज गरेकी हुन्।
गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन्चुरी हुन्।
सार्वजनिक गीतमा एक छोरीले वर्षौंदेखि भेट्न नपाएकी आफ्नी एकल आमालाई सम्झिएकी छन्।
बाबुको अनुपस्थितिमा आमाले एक्लै दुःख गरेर छोरी हुर्काएको प्रसंगलाई गीतमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
वरिष्ठ नृत्य निर्देशक कमल राईको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियोमा झरना रिसाल र दिप्सा कार्कीले नृत्य गरेका छन्।
शिव ढकालले छायांकन गरेको भिडियोका सम्पादक रामप्रसाद चौधरी तथा रंग संयोजक रेनिश फागो हुन्।
भिडियोका निर्माता रंग पौडेल हुन् भने गोपाल कटुवालले कार्यकारी निर्माता र सिजन रोकायाले सह-निर्माताको जिम्मेवारी सम्हालेका छन्।