अभिनेत्री नीता ढुंगानाको शीर्ष अभिनय तथा निर्देशन रहेको फिल्म 'पार्वती'ले सुखद् व्यापार गरेको छ।
भदौ १२ गते रिलिज भएको फिल्मले २१ गतेसम्ममा घरेलु बक्सअफिसमा डेढ करोड रूपैयाँको आँकडा पार गरेको हो।
आइतबार (हिजो)सम्ममा फिल्मको ग्रस कमाइ १ करोड ५८ लाख ८४ हजार १३६ रूपैयाँ पुगेको छ।
उक्त कमाइ हुँदा फिल्मका ५४ हजार ७३५ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
'पार्वती'मा नीतासँगै अशोक दर्जीको प्रमुख अभिनय छ। फिल्म अहिले दोस्रो सातामा प्रदर्शनरत छ।