अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहेको फिल्म 'जेरी अन टप' शनिबार युट्युबमा सार्वजनिक भएको छ।
हलमा प्रदर्शन भएको एक वर्षपछि दसैंको अवसर पारेर फिल्म युट्युबमा ल्याइएको हो।
गत वर्ष असोज ३१ गते हलमा रिलिज भएको फिल्म यस वर्ष सोही मितिमा युट्युबमा सार्वजनिक गरिएको हो।
सुयोग गुरूङ निर्देशित 'जेरी अन टप'ले हलमा १२ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको थियो। यो अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत हो।
एड्भेन्चर-लभस्टोरी विधाको फिल्म 'जेरी अन टप' सगरमाथा आरोहण र त्यस क्रमको प्रेमकथामा आधारित छ।
फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गीलगायत कलाकारको अभिनय छ।