स्वस्तिमा खड्का अभिनीत फिल्म 'लालीबजार' फूलपातीदेखि ओटिटी प्लेटफर्म डिगो एपमा रिलिज भएको छ।
षट्कोण आर्टसको निर्माण रहेको फिल्म अब विश्वभरका नेपाली दर्शकले एपमार्फत हेर्न सक्नेछन्।
यम थापाको कथा तथा निर्देशनमा बनेको 'लालीबजार'मा स्वस्तिमासहित रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका थिए।
फिल्मका निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ हुन्।
'लालीबजार' सिनेमा हलमा गत वैशाखमा रिलिज भएको थियो। यसले बक्स अफिसमा ९ करोड ३२ लाख रूपैयाँ ग्रस कमाएको थियो।
डिगो एप नेपाल सरकारबाट इजाजतप्राप्त सब्स्क्रिप्सनमा आधारित ओटिटी प्लेटफर्म हो।
यसमा नेपाली फिल्मसहित विभिन्न मनोरञ्जनात्मक सामग्री हेर्न सकिन्छ।