कलाकारहरूले पनि यस वर्षको दसैं हर्षोल्लासका साथ मनाएका छन्।
कतिपय कलाकारले काठमाडौंमै परिवारसँग दसैं मनाए भने कतिपय दसैं मनाउन आफ्नो गृहजिल्ला पुगे। कलाकारहरूले मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिएर दसैं मनाए। उनीहरूले परिवार तथा आफन्तसँग दसैं मनाएका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै खुसी साटेका छन्।
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले काठमाडौंको बूढानीलकण्ठमा दसैं मनाएका छन्। उनले दसैं मनाएका केही तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।
त्यस्तै, अभिनेता तथा निर्माता दीपकराज गिरीले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'आशीर्वाद प्राप्त गर्ने काम पिताजीबाट सुरू गरियो। विजयादशमीको शुभकामना।'
अभिनेत्री वर्षा राउतले पनि दसैं मनाएका दुई तस्बिर सार्वजनिक गरेकी छन्। उनले लेखेकी छन्, 'रातो टीका, जमरा अनि आफन्तको माया।' साथै, उनले विजयादशमीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्दै शुभकामना दिएकी छन्।
गायिका समीक्षा अधिकारीले भने यसपालिको दसैं परिवारसँग भर्चुअल रूपमा मनाएकी छन्। उनले भिडिओ कलमार्फत परिवारसँग दसैं मनाएको उल्लेख गर्दै लेखेकी छन्, 'विदेशमा भए पनि परिवारसँग भिडिओ कलमै टीका लगाएर मनाइयो यसपालिको दसैं।'
थुप्रै कलाकारहरूले टीका, जमरा र पारिवारिक जमघटका तस्बिरहरू सार्वजनिक गर्दै आफ्ना प्रशंसक तथा शुभचिन्तकलाई विजयादशमीको शुभकामना दिएका छन्।
हेरौं, कलाकारहरूले सार्वजनिक गरेका दसैंका केही तस्बिरहरूः-










