सांगीतिक जोडी देवी घर्ती र राजु ढकालले 'झलीको झलल' बोलको गीत सार्वजनिक गरेका छन्।
मंगलबार बेलुका सार्वजनिक गीतको भिडिओमा देवी र राजु स्वयं देखिएका छन्। मायाप्रेममा आधारित रहेर तयार पारिएको यो गीतका शब्द नविन रानाले लेखेका हुन्। संगीत तथा संगीत संयोजन एचबिएन किस्मतको छ।
'अरू कुनै गीत रेकर्डिङका क्रममा स्टुडिओमा यो गीत सुनेकी थिएँ। मन परेपछि आफ्नै लगानीमा ल्यायौं,' देवीले भनिन्।
ग्रामीण परिवेशमा रहेर तयार भिडिओ जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा बनेको हो। नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा राजकुमार मगरको सम्पादन छ।
देवी घर्तीको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतले स्रोता/दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।
भिडिओः