गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' सिजन ६ को उपाधि प्रोशेस पाण्डेले जितेका छन्।
शुक्रबार राति भएको फिनालेमा उनले उपाधि ट्रफी उचालेका हुन्।
शोमा ४ फाइनलिस्टबाट ३ जनालाई पछि पार्दै प्रोशेसले उपाधि हासिल गरे। फरक क्षमता भएका उनी कोच खेम सेञ्चुरी टिममा थिए। उपाधिसँगै प्रोशेसले २० लाख रूपैयाँ र विभिन्न उपहार समेत प्राप्त गरेका छन्।
प्रोशेससँगै फिनालेमा पुगेका रोशन राई फस्र्ट रनरअप, प्रमेश राई सेकेण्ड रनरअप भए भने अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।
'भ्वाइस अफ नेपाल' सिजन ६ मा उदय सोताङ, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोच थिए।
शो हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपालको युट्युबमा प्रसारण हुँदै आएको थियो।