दुर्गेश थापा, सिसन बानियाँ र गुँरास नानीको सहकार्य रहेको गीत 'जाने भए जाम माया' लाई युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको छ।
रिलिजको २४ घण्टामा सबभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको यसले रिलिजको १८ दिनमा एक करोड भ्युज पाएको हो।
यो गीत रिलिजको २४ घण्टाभित्र अमेरिकामा युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत समेत बन्यो। रिलिजको तीन दिनको छोटो समयमै गीत युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समेत समावेश भएको थियो। यसअघि यति छोटो समयमै कुनै नेपाली गीत ग्लोबल ट्रेन्डिङमा परेका थिएनन्। त्यस्तै, गीत नेपालमा युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ पहिलो नम्बरमा थियो।
युट्युबमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने नेपाली गीत भने प्रकाश सपुतको 'सकम्बरी' हो। उक्त गीत एक सातामै करोड क्लबमा पुगेको थियो।