चर्चित भारतीय गायक सञ्जु राठोडले आज पोखरामा प्रस्तुति दिँदैछन्।
'पोखरा विन्टर फेस्ट' मा प्रस्तुति दिन उनी शनिबार दिउँसो पोखरा पुगेका हुन्। पोखराको लेकसाइडस्थित खहरेमा रहेको क्लब क्याटवाकमा साँझ ८ बजेदेखि फेस्ट सुरू हुनेछ।
प्रचार नेपाल, अर्बिट्रेरि इभेन्ट र स्पेक्स-१४ को आयोजनामा हुन लागेको फेस्टमा राठोडसहित विभिन्न कलाकारले प्रस्तुति दिनेछन्। राठोडका 'गुलाबी साडी', 'सुन्दरी', 'गल्ती से मिस्टेक', 'चाल सिके सिके' जस्ता गीतहरू चर्चित छन्।
फेस्टमा राठोडसँगै एसटी म्यान र राजन केसीसहितका कलाकारको पनि प्रस्तुति रहनेछ। र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटी म्यानका 'बोमबे', 'सिनेमा' जस्ता गीत लोकप्रिय छन्। युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेस्टको सुरूआतमा प्रस्तुति दिनेछन्।