लोकदोहोरी गीत 'कश्मिरे पछ्यौरी' लाई युट्युबमा १० करोड पटक हेरिएको छ।
बाबुकृष्ण परियार र दीपिका बयाम्बुको स्वर रहेको गीत ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। गीतले दर्शक-स्रोताको अत्यधिक माया पाउँदै युट्युबमा सय मिलियन भ्युजको सफलता प्राप्त गरेको हो।
आइतबार दिउँसोसम्म गीतको भ्युज १० करोड ३ लाखभन्दा बढी छ। १० करोड भ्यूज पार गर्नु आफैंमा ठूलो उपलब्धि मान्न सकिन्छ। यो गीत एक समय टिकटक, फेसबुकसहित अन्य डिजिटल प्लेटफर्ममा समेत व्यापक चर्चामा थियो।
यो गीत रिलिज हुनासाथ चर्चामा आएको भने होइन्। दुई महिनासम्म गीतको भ्युज २ लाख पनि पुगेको थिएन। जब श्रोता–दर्शकले मन पराएर गीतमा टिकटक र रिल्स बनाउन थाले, ती भिडिओ क्लिप हिट हुन थाले। अनि गीतको चर्चा बढ्दै गएको थियो।
निश्चल दवाडीको शब्द तथा संगीत रहेको गीतमा श्यामश्वेत रसाईलीको संगीत संयोजन छ। भिडिओमा बाबुकृष्ण परियार र केपिना गोतामेको अभिनय तथा नृत्य छ। मौसम हिमालीको कथा तथा निर्देशनमा भिडिओ बनेको हो।
नवराज उप्रेती र बुद्ध थापाको छायांकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ।
यो पनिः एकाएक भाइरल भयो 'कश्मिरे पछ्यौरी', के भन्छन् गीत बनाउनेहरू?
भिडिओः