थुप्रै हिट गीतकी गायिका तथा फिल्म निर्मातासमेत रहेकी सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फ प्रारम्भिक उम्मेदवारको सूचीमा परेकी छन्।
उनको नाम खोटाङबाट आदिवासी जनजाति सूचीमा समावेश भएको रास्वपाले जनाएको छ।
यो जानकारी पाएपछि हाल अमेरिकामा रहेकी सत्यकलाले खुसी व्यक्त गरेकी छन्।
सत्यकलाको स्वरमा रहेका 'तिमी मसँग नबोल्ने अरे', 'आइडी कार्डैले', 'पूर्वै धरान' लगायतका दर्जनौं गीत हिट छन्।सत्यकलाका श्रीमान् नवल खड्का चलचित्र अभिनेता तथा निर्देशक हुन्।
प्राध्यापनसमेत गर्ने सत्यकला नवलको फिल्म 'काँडेतार' को निर्माता पनि थिइन्।