राजेशपायल राईको स्वरमा 'जूनसँग के दाँजौं र' बोलको गीत सार्वजनिक गरिएको छ।
अमेरिकालाई कर्मथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको गीतमा राजेश पायल राईको एकल स्वर छ। गीतमा दीपक शर्माको संगीत छ भने सहस शाक्यले एरेन्ज गरेका हुन्। यो गीतमा मायाप्रेमको कुरा गरिएको छ।
लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको गीतको भिडिओमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय तथा नृत्य छ।
भिडिओको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बसेलको हो। घलेगाउँको प्रचार गर्ने लक्ष्यसहित तयार भिडिओ कृष्णबहादुर थापाले छायांकन गरेका हुन्। यसमा नहकुल खड्काको सम्पादन छ।