म्युजिकल फिल्म 'सहिदकी आमा' सार्वजनिक गरिएको छ। राजनीतिक आन्दोलनका नाममा निभाइएका सपनाहरू र रित्तिएका काखहरूको पीडालाई केन्द्रमा राखेर 'सहिदकी आमा' तयार पारिएको हो।
यसले द्धन्द्धले छोडेको कहिल्यै नपुरिने घाउलाई मार्मीक रूपमा प्रस्तुत गरेको छ। सहिदको रगत खेर नजाओस् भन्ने भाव आमामार्फत देशलाई सम्बोधन गरिएको छ। रतन देवकोटाको कथा, निर्देशन, संगीत तथा स्वर रहेको गीतका शब्द कवि अर्जुन पराजुलीले लेखेका हुन्।
भिडिओको केन्द्रीय पात्रमा अभिनेत्री सरिता गिरी छिन्। आफ्नो छोरा सहिद भएको यथार्थ स्वीकार्न नसक्ने आमाको भूमिकामा उनले अभिनय गरेकी छन्।
निर्देशक रतन देवकोटा गीतबारे भन्छन्, 'यो केवल गीत होइन, यो द्वन्द्वले दिएको कहिल्यै नपुरिने घाउको कथा हो। यहाँ आमाको भ्रम र यथार्थको द्वन्द्वलाई कलात्मक रूपमा देखाइएको छ।'
सिनेम्याटोग्राफी सरोज कुमार चौहानको हो भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गीतमा रोमी बस्नेतको संगीत संयोजन, कोबिद बज्रको मिक्सिङ÷मास्टरिङ र धीरेन्द्र प्रेमहर्षिको संगीत सुपरभिजन छ।
'सहिदकी आमा' रतन देवकोटा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडिओः