गायक एसडी योगी र गायिका स्वस्तिका ढकालको स्वरमा 'गाजलको रेखी' बोलको गीत सार्वजनिक गरिएको छ। सोमबार नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक भएको हो।
गीतमा रबिन स्वप्निल गिरीको शब्द, एसडी योगीकै संगीत तथा रिकेश गुरूङ ‘किज’को संगीत संयोजन छ।
'गाजलको रेखी' प्रेम र आकर्षणको भाव बोल्ने रोमान्टिक गीत हो। गीतका शब्दले प्रिय व्यक्तिको सौन्दर्य, आँखाको गाजल र त्यसले मनमा पार्ने प्रभावलाई कलात्मक रूपमा प्रस्तुत गर्छ। प्रेममा डुबेको मनको भावना र प्रियजनप्रतिको मोहलाई गीतले मधुर शैलीमा अभिव्यक्त गरेको छ।
गीतको भिडिओमा कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय तथा नृत्य देख्न सकिन्छ। साथमा भिडिओमा कार्टुन्ज क्रु न्यू जेनेरेसनका कलाकारहरूको समेत सहभागिता छ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओको निर्देशन सरोज अधिकारीले गरेका हुन्। भिडिओमा दिनेश पराजुलीको छायांकन, दिन्सन शाहको सम्पादन तथा रङ संयोजन हेर्न सकिन्छ।
भिडिओः