कलाकार दुर्गेश थापा बाढीपहिरो प्रभावितका लागि राहत सामग्री लिएर नुवाकोटतर्फ लागेका छन्।
शुक्रबार त्यसतर्फ लागेका उनले नुवाकोट पुगेर प्रभावित परिवारलाई लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना, बालबालिकाका कपडालगायत आवश्यक सामग्री वितरण गर्ने बताएका छन्।
सम्भव भएसम्म तत्काल राहत आवश्यक परेका ठाउँसम्म पुगेर सहयोग गर्ने उनको भनाइ छ।
'मलाई कलाकारिताको क्षेत्रमा यहाँसम्म ल्याउने तपाईंहरू नै हुनुहुन्छ। त्यसैले तपाईंहरूले दिएको माया र विश्वासको केही अंश आज दुःखमा परेका नेपालीहरूसम्म पुर्याउन पाउँदा आफूलाई भाग्यमानी ठान्नेछु,' दुर्गेशले फेसबुकमा लेखेका छन्।
नुवाकोटका अन्य क्षेत्रमा पनि तत्काल राहत आवश्यक भए जानकारी गराउन उनले आग्रह गरेका छन्।
दुर्गेश थापाले दुःखमा परेका नेपालीलाई एक्लो नछोडी सबै मिलेर विपद्मा परेकालाई सहयोग गर्न अपिल गरेका छन्।