काठमाडौंको जडीबुटीस्थित 'क्लब १८'मा आगामी बुधबार (आज) र्यापर 'डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट' आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टमा हुने डोर सेल्सबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिनेछ।
कन्सर्टमा ‘जनचेतना’ बोलको मैथिली र्याप गाएर चर्चामा आएका र्यापर ’यादव सरकार’को मुख्य प्रस्तुति रहनेछ। त्यस्तै, गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।
क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले मनोरञ्जनसंगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको बताए। उनका अनुसार कन्सर्टको डोर सेल्सबाट उठेको रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा खर्च गरिनेछ।
'संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो,' संचालक श्रेष्ठले भने।
कन्सर्ट राति ८ बजेदेखि सुरू हुनेछ। कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ।