नेपालमा लिपमोटर सवारी साधनको एक मात्र अधिकारिक आयातकर्ता सांग्रिला मोटर्सले लिपमोटरले लगातार दोस्रो महिना पनि चीनको नम्बर १ एनइभी कम्पनीको स्थान कायम राखेको बताएको छ।
लिपमोटरले फेरि एक पटक सबैलाई पछि पार्दै ४० हजारभन्दा बढी अर्थात ४१ हजार ३९ सवारी साधन डेलिभरी गरेको छ।
प्रकाशित तथ्यांकअनुसार अप्रिल महिनामा ४० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको एक मात्र एनइभी स्टार्टअप लिपमोटर नै थियो।
जनवरीदेखि अप्रिलसम्म लिपमोटरले जम्मा १ लाख २८ हजार ५९१ सवारी साधन डेलिभरी गरिसकेको छ।
सांग्रिला मोटर्सले यस उपलब्धिमा गर्व व्यक्त गर्दै नेपालमा प्रमुख इभी बिक्रेता बन्ने आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ।
सांग्रिला मोटर्स प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, प्युजो, सिट्रोएन र लिपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहेको छ।