नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ गतेसम्म) अर्थात १९ देखि २१ मे २०२५ सम्म बढाएको छ।
यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्।
यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्ससोरिज र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्।
यो अफर टाटा टियागो इभी, कर्भ इभी, पन्च इभी र नेक्सन के३ इभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागु हुनेछ।
ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्।
इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।