स्टेलान्टिसले नेपालमा दोस्रो सोरूमको उद्घाटन गरेको छ।
यो सोरूम गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी सांग्रिला मोटर्सद्वारा सञ्चालन हुनेछ।
काठमाडौंको उत्तरढोकामा अवस्थित नयाँ सोरूममा प्रमुख मा विश्व प्रसिद्ध तीन ब्राण्डहरू—सिट्रोन, लिप मोटर र प्युजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्नेछ।
नयाँ सोरूमको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र सांग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरे।
उद्घाटन समारोहमा शैलेश हजेलाले भने, 'नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी सांग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ मार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।'