एमएडब्लु वृद्धिले वीरगञ्जमा टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रम आयोजना गर्ने भएको छ।
दिपलको नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भको अवसरमा उक्त मेला आयोजना गर्ने भएको हो। मेला असोज ३० गतेदेखि आगामी कात्तिक दुई गतेसम्म चल्नेछ।
यस विशेष अवसरमा ग्राहकले दिपल र अवतारका लक्जरियस इभीको अनुभव लिनुका साथै पुराना सवारीसाधन सट्टापट्टा गर्न सक्नेछन्।
कार्यक्रमको मुख्य आकर्षण आइएफ डिजाइन अवार्ड विजेता दिपल एस–०५ रहनेछ। जुन हालै सम्पन्न नाडा ‘अटो सो’मा समेत प्रस्तुत गरिएकाे थियो।
अत्याधुनिक रिमोट इन–आउट पार्किङ, क्विन को–पाइलट सि, र पाँच हजारभन्दा बढी चार्ज साइकलयुक्त गोल्डेन शिल्ड ब्याट्री जस्ता प्रविधिका कारण दिपल एस–०५ नेपालमा सार्वजनिक भएको दुई महिनामै लोकप्रिय इभी बन्न सफल भएको छ।
मेलामा दिपल एस–०७ आइसिएस, दिपल इ–०७, दिपल एल–०७ तथा अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछन्।
कार्यक्रममा सहभागीले अत्याधुनिक इभीको अनुभवसँगै मानवाकृत रोबोट र कुकुर रोबोटसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।
मेलामा ग्राहकले सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्सुरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र एसेसोरिज समेत प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार, वीरगञ्ज, जनकपुर, हेटौंडा तथा आसपासका ग्राहकका लागि फ्युचरिस्टिक र टेक्नोलोजिकल्ली एड्भान्स्ड इभीमा अपग्रेड हुने यो उत्कृष्ट अवसर हुनेछ।