रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल स्क्र्याम-४४० नेपालमा सार्वजनिक गरेको छ।
यो मोटरसाइकल सहर र अफ–रोड दुबैका लागि चलाउन मिल्ने बनाइएको छ। यसको डिजाइन र क्षमता नेपालका विभिन्न भू–भागका लागि उपयुक्त मानिएको छ।
रोयल इनफिल्डका प्रमुख कमर्शियल अफिसर यदविन्दर सिंह गुलरियाले नेपाललाई कम्पनीका लागि उत्साहजनक बजार भनेका छन्।
उनले यसअघि क्लासिक ३५० ल्याइसकेपछि अहिले स्क्र्याम-४४० सार्वजनिक गरेर कम्पनीले आफ्नो प्रतिबद्धता देखाएको बताए।
स्क्र्याम-४४० मा ४४३ सिसी सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन छ। यसले २५.४ बिएचपी पावर र ३४ एनएम टर्क निकाल्छ। सिक्स–स्पिड गियर भएको यो मोटरसाइकल सहरभित्र वा अफ–रोड दुबैमा सहज सवारीका लागि बनाइएको हो।
यसमा अगाडिको १९० मिमि र पछाडिको १८० मिमि सस्पेन्सन, ७९५ मिमि सिट हाइट, २०० मिमि ग्राउन्ड क्लियरेन्स, १९/१७ इन्चका टायर र स्विचेबल एबिएस छन्। साथै एलइडी हेडलाइट, सुधारिएको ब्रेक सिस्टम र टप–बक्स राख्ने सुविधा पनि छ।
स्क्र्याम-४४० दुई भेरियन्टमा उपलब्ध छ। ट्रेल भेरियन्टमा स्पोक व्हील र ट्यूब टायर छन्। ट्रेल भेरियन्टको मूल्य ६ लखा ८९ हजार नौ सय र फोर्स भेरियन्टको मूल्य ६ लाख ९९ हजार नौ सय ९०० तोकिएको छ। यी दुवै काठमाडौं शोरूममा उपलब्ध भएको बताइएको छ।
रोयल इनफिल्डले त्रिवेणी समूहसँग साझेदारी गर्दै २०२३ मा बिरगञ्जमा वार्षिक २० हजार युनिट उत्पादन क्षमताको एसेम्बली प्लान्ट खोलेको थियो। नयाँ स्क्र्याम-४४० को बुकिङ नेपालभरका सबै डिलरहरूमा खुला भइसकेको कम्पनीले जनाएको छ।