एमजीको इन्टेलिजेन्स प्रिमियम कार 'आइएम ६' नेपालमा पारामाउन्ट मोटर्सले बिक्री गर्छ।
यसको मूल्य ७४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
यो गाडी इभी प्रविधि, अत्याधुनिक एआई र लक्जरी डिजाइनको सम्मिश्रण भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यसमा उत्कृष्ट रेन्ज, एआई असिस्टेड र लक्जरी क्याबिन छ।
'उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित यसको भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारी समयानुकूल बनाएको छ,' कम्पनीले भनेको छ।
त्यस्तै उच्चस्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच जस्ता सुविधाहरू भएको आइएम ६ मा ७५ किलोवाटको ब्याटी पावर छ।
यो एक पटकको पूरा चार्जमा ४ सय ५० किलोमिटरसम्म चल्छ। गाडीमा १ सय ९ किलोवाटको मोटर छ।
आइएम ६ बारेमा थप जानकारी हेर्नुस् भिडिओमा-