नेपालमा एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालकै सबैभन्दा ठूलो ‘मल्टीब्रान्ड एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार उक्त क्याम्प नक्सालस्थित एलिस रिसेप्सन, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा २१ देखि २३ गतेसम्म सञ्चालन हुनेछ।
तीनदिने कार्यक्रममा ग्राहकहरूले १५ लाख रुपैयाँसम्मको विशेष लाभसहित आफ्ना पुराना सवारीसाधन अपग्रेड गर्न सक्नेछन्।
साथै, सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कन सहितको एक्सचेन्ज अफरहरू पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
क्याम्पमा माज्दा, वुलिङ, आइएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरू प्रदर्शित गरिने छन्।
साथै, पारिवारिक वातावरणमा किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स लगायतका मनोरञ्जनात्मक गतिविधिहरूको पनि व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार, उपत्यकाभित्र वा बाहिरका कुनै पनि डिलरशिपमा सहभागी भएर ग्राहकहरूले एमजी र अन्य साझेदार ब्रान्डका नवीनतम मोडेल र अफरहरूको लाभ उठाउन सक्नेछन्।
पारामाउन्ट मोटर्सले यो क्याम्पले ग्राहकहरूलाई अधिकतम सुविधा र अद्वितीय अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।