पारामाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड ‘एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ अब कात्तिक २८ गतेसम्म सञ्चालन हुने भएको छ।
यसअघि २३ गतेसम्मका लागि आयोजना गरेको क्याम्पमा ग्राहकको आकर्षण बढेपछि ५ दिन थपेर २८ गतेसम्म पुर्याइएको हो। एलिस रिसेप्सनमा समेत आयोजना भएको क्याम्प अब भने देशभरका शोरूमहरूमा सञ्चालन हुनेछ।
पारामाउन्ट मोर्टर्समार्फत बिक्री हुने एमजी, आइएम-६, वुलिङ, माज्दा र म्याक्सस ब्रान्डको साेरूम भ्रमण गरी ग्राहकले नयाँ गाडी खरिद तथा एक्सचेन्जमा फाइदा लिन सक्नेछन्।
क्याम्पमार्फत् ग्राहकले आफ्ना सवारीसाधनलाई १५ लाख रूपैयाँसम्मको लाभसहित अपग्रेड गर्ने अवसर पाउँनेछन्।
साथै सहज फाइन्नास सुविधा, आकर्षक नगद छुट र पुराना गाडीमो उच्च मुल्यांकनसहित एक्सचेन्ज अफरहरू समेत उपलब्ध गराइएको छ।