नेपालमा लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले थाइल्यान्डमा आयोजित लिपमोटर ग्लोबल डिलर मिट २०२५ मा ‘उत्कृष्ट लिपमोटर वितरक–इन्डिया एण्ड एसिया प्यासिफिक’ पुरस्कार प्राप्त गरेको छ।
गत कात्तिक २१ गते सम्पन्न उक्त कार्यक्रममा कम्पनीले भारत तथा एसिया–प्यासिफिक क्षेत्रमा बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनका लागि सम्मान पाएको हो।
यो अवार्डले सांग्रिला मोटर्सले बजार विस्तार, ग्राहक सेवा र ब्रान्ड स्थापित गर्नमा गरेको उल्लेखनीय उपलब्धिलाई उजागर गर्दै कम्पनीको उपस्थितिका लागि नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ।
कम्पनीका अनुसार यो सम्मान उन्नत विद्युतीय सवारी प्रविधि र नवीनतम गतिशील समाधानहरू प्रस्तुत गर्दै आफ्नो विस्तारलाई निरन्तरता दिइरहेको महत्वपूर्ण समयमा प्राप्त भएको हो।