एमएडब्लु वृद्धिले विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ले भरिएको इलेक्ट्रिक एसयुभी दिपल एस–०५ सार्वजनिक गरेको छ।
कार्यक्रम विर्तामोड र कन्काईका नगरप्रमुखहरू, उद्योग वाणिज्य संघका अध्यक्ष तथा एमएडब्लु वृद्धि र आरए मोटर्सका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो।
नेपालमा केही सातामै दुई सयभन्दा धेरै युनिट बिक्री भइसकेको दिपल एस–०५ अब पूर्वी नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने भएको छ।
यसमा सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’, ‘क्विन कोपाइलट सिट’, ‘रिमोट इन–आउट पार्किंग’, ‘एआर हेडअप डिस्प्ले’ र १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ जस्ता सुविधाहरू छन्।
यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ शनिबारबाट तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ।