नेपालका लागि दीपल तथा डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नेपालगन्जमा डोङफेङ र दीपल ब्रान्डका लागि अत्याधुनिक सोरुमको औपचारिक उद्घाटन गरेको छ।
यस उद्घाटनसँगै एमएडब्लु वृद्धिले पश्चिम नेपालमा आफ्नो इभी सञ्जाल विस्तार गर्ने लक्ष्यतर्फ महत्वपूर्ण कदम चालेको छ।
नेपालगन्जको प्रमुख स्थानमा अवस्थित यस नयाँ शोरुम ग्राहक–मैत्री डिजाइनमा तयार गरिएको छ, जहाँ ग्राहकहरूले डोङफेङ र दीपलका नवीनतम इलेक्ट्रिक सवारी साधनहरूको प्रत्यक्ष अवलोकन गर्न, आवश्यक जानकारी लिन तथा टेस्ट ड्राइभको सुविधा प्राप्त गर्न सक्नेछन्।
सोरुम उद्घाटनको अघिल्लो दिन नेपालगन्जमा नामी भिगो र दीपल एस–०५ सार्वजनिक गरिएको थियो।
उद्घाटन अवसरमा एमएडब्लु वृद्धि मोटर्सले ‘टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प’ पनि आयोजना गरिरहेको छ।
क्याम्पअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनससहितको उत्कृष्ट मूल्याङ्कन, निःशुल्क चार्जर (७ किलोवाट र ३.५ किलोवाट), निःशुल्क बीमा तथा हरेक टेस्ट ड्राइभमा उपहारको सुविधा पाउने कम्पनीले जनाएको छ।