ट्रान्सफर्मर एसयुभी दिपल इ०७ लाई नेपाली अटो बजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले इभीको नयाँ ग्राउन्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
इ०७ले एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुने क्षमतामार्फत एसयुभीको परिभाषा नै बदलिदिएको थियो।
अब ट्रान्सफर्मर एक्स यसै नवप्रवर्तनलाई अझ उचाइमा पुऱ्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्ष्मताको नयाँ स्तर स्थापित गर्न तयार छ।
यो नयाँ इ०७ मा एडभान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउने कम्पनीको विश्वास छ।
यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सिडिएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउन्ड क्लेरेन्स साथै सहज राजमार्ग र कठिन भू-भाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरू उपलब्ध छन् जसले नेपालका विविभ सडक अवस्थामा उत्कृष्ट यात्रा कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्छ।
साथै नयाँ इ०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट रहेको छ जसले हरेक यात्रालाई फस्ट क्लास अनुभवमा परिणत गर्छ।
कम्पनीको अनुसार प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले लक्जरी अनुभवलाई नयाँ उचाइमा पुऱ्याउनेछ।
पछाडिका यात्रुहरूले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन्।
पछाडिको सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिटको हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्ट साथै छुटै रियर सिट फल्डिङ कन्ट्रोल सिस्टम उपलब्ध हुनेछ जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ।
यी सबै सुविधाले नयाँ दिपल इ०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।