चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल लक्जरी बस आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले देशभर बिक्री गर्ने भएको छ।
ग्रिन अटोमोबाइलले नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत नेपालको यातायात क्षेत्रमा नयाँ आयाम ल्याउने एवं उपभोक्ताहरूको सहजीकरण गर्ने लक्ष्य लिएको छ।
नेपाली बजारमा विद्युतीय कमर्सियल सवारीलाई उपभोक्तासँग जोड्न ग्रिन अटोमोबाइलले निरन्तर प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ।
आगामी दिनमा पनि गुणस्तरीय सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा विस्तारमार्फत ग्रिन अटोमोबाइलले आफूलाई थप प्रमाणित गर्दै जाने बताएको छ।
आर्क्श ग्रुपसँगको सहकार्यमा गोल्डेन ड्रागन ब्रान्डका विद्युतीय गाडी मार्फत हाम्रो उद्देश्य पूरा हुने विश्वास लिएका छौं,' ग्रिन अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशकले भने।
ग्रिन अटोमोबाइलले पछिल्ला वर्षहरूमा आर्जन गरेको विस्वसनियता र अनुभवले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधनका बजार विस्तारमा ठूलो फड्को मार्ने विश्वास कम्पनीको छ।
हाल गोल्डेन ड्रागनको १४ सिट क्षमताको विद्युतीय सवारी साधन बिक्री हुँदै आएको छ।
अब कम्पनीले छिट्टै १२, १६ र १९ सिट क्षमताका विद्युतीय माइक्रोबस, मिनिबस तथा २९,३३,३६,४१ सिट क्षमताका लक्जरी बसहरू बजारमा ल्याउने बताएको छ।
गोल्डेन ड्रागनका १४ सिट क्षमताको विद्युतीय माइक्रोबसमा ५३ किलोवाट आवरको सिएटिएलको ब्याट्री, ८० किलोवाट पिक र ५० किलोवाट रेटेड पावरको विद्युतीय मोटर, एबिएस तथा इबिडीलगायत विशेषता रहेका छन्।
यो माइक्रोबसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर(एनइडिसी) रेन्ज दिने कम्पनीले जनाएको छ।