एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एडभान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यू 'दिपल इ०७ ट्रान्सफर्मर एक्स' नेपालमा सार्वजनिक गरेको छ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एयर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका हुन्।
'ह्वेन लक्जरी चुजेज एड्भेन्चर' दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सिडिसी)सहितको एडभान्स्ड एअर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ।
उच्च गतिमा इ०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रूपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ।
दिपल इ०७ को पहिलो भर्सन गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो।
नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँगै दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
‘ह्वेन लक्जरी चुजेज एडभेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सिडिसी)सहितको एडभान्स्ड एयर सस्पेन्सन सिस्टम हो जसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ जसले नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ।
उच्च गतिमा इ०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रूपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ।
नयाँ इ०७ मा लक्जरीको स्तरलाई पनि बेजोड बनाइएको छ। यसका चार वटै सिट मजास, हिटिङ, भेन्टिलेटेड र वेलकमिङ छन्।
साथै यसमा विशेष जिरो ग्रयाभिटी रिल्याक्सेसन मोड छ जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ। पछाडिका यात्रुले पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने, सनसे र सिट फोल्डिङ नियन्त्रण गर्ने सक्नेछन्।
यस एसयुभीलाई आफ्नो ट्रान्सफर्मर क्षमता मार्फत एसयुभी, पिकअप, क्याम्पिंग र आरभी गरी चार वटा छुट्टाछुट्टै रुपले प्रयोग गर्न सक्नेछन्। ५ मिटर लामो, ३१२० एमएम ह्विलवेस, ६५५ केजी पेलोड क्यापासिटी र क्लास लिडिङ १३१ लिटरको फ्रंकले यसको डिजाइन र उपभोगिता दुवैलाई बेजोड बनाइदिएको छ।
यो सम्पूर्ण अनुभवलाई ऊर्जा दिन यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले एक सिंगल चार्जमा ५९० किलोमिटर डब्लुएलटिपी रेन्ट उपलब्ध गरउँछ।
अल न्यू दिपल इ०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ र यो ह्वाइट (सेतो), ब्ल्याक (कालो) र ग्रे (खैरो) रंगमा उपलब्ध छ।