नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको नयाँ तथा सर्टिफाइड प्रि-औन्ड गाडीहरूको खरिदबिक्री एवम् एक्सचेन्ज तथा महिन्द्रा पिक-अप, ट्रयाक्टर, एसयुभी र आरभीको आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपअन्तर्गत अग्नि आस्था प्राइभेट लिमिटेडले अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभीहरू बिई-६ र एक्सइभी ९-ई सार्वजनिक गरेको छ ।
भरतपुर, चितवनमा अवस्थित होटल सिराइचुलीमा भव्य सार्वजनिकिकरण समारोहसहित यी नयाँ विद्युतीय एसयुभीहरू सार्वजनिक गरिएका हुन् ।
समारोहमा विशेष अतिथिका रूपमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्रि म्यानेजर चैतन्य कगलकर, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर मायाबाट सञ्चालित छन्।
यी अत्याधुनिक इ-एसयुभीहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ।
महिन्द्रा बिई-६ र एक्सइभी ९-ई लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो मार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
त्यसयता यी गाडीहरूले नेपाली उपभोक्ताहरूको मन जित्दै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई थप बल दिएका छन्।
निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फमेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका यी बर्न इलेक्ट्रिक भिहेकल्सलाई सकारात्मक रूपमा लिएको छ ।
त्यसैगरी हालसालै महिन्द्रा एक्सइभी ९-ई ले इन्डियन कार अफ द इयर २०२६ अन्तर्गत ग्रिन कार अफ द इयर २०२६ अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण हो।
यी नयाँ गाडीहरूले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको 'बर्न इलेक्ट्री' लाइनअपलाई नेपालका विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ।
फलस्वरूप देशभरका प्रमुख सहरी केन्द्रहरूमा उपत्यका बाहिरका ग्राहकहरूले पनि विश्वस्तरीय विद्युतीय एसयुभीको अनुभव लिन सक्नेछन्।
चितवनमा भएको यो क्षेत्रीय शुभारम्भ सोही दृष्टिकोणको एक महत्वपूर्ण कदम हो भने छिटै नै विरगञ्ज, भैरहवा, इटहरी लगायतका सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको छ।
कम्पनीका अनुसार इलेक्ट्रिक मोबिलिटीमा रूपान्तरण हुनु नेपालका लागि दिगो विकास र ऊर्जा आत्मनिर्भरताको दिशामा अत्यन्त महत्त्वपूर्ण कदम हो।
नेपालको क्षेत्रीय सहरहरूमा नयाँ गाडीहरू सार्वजनिक र उपलब्ध गरिनु भनेको उन्नत प्रविधि र मोबिलिटीले कसरी दीर्घकालीन आर्थिक र वातावरणीय लाभ सिर्जना गर्न सक्छन् भन्ने देखाउँछ।
यी एसयुभीहरूले नेपाली ग्राहकहरूको लागि उत्कृष्ट पर्फमेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्दछ।
बिई-६ र एक्सइभी ९-ई दुवैले महिन्द्राको 'हर्टकोर' डिजाइन दर्शनलाई झल्काउँदछ जसले बोल्ड इनोभेसनलाई भावनात्मक सौन्दर्य (इमोसनल अपिल)सँग संयोजन गर्दछ।
बिई-६ मा एड्भेन्चर र पर्फमेन्सबाट प्रेरित एथलेटिक सिलुएट (बनोट) रहेको छ भने एक्सइभी ९-ई मा परिस्कृत र लक्जरी एसयुभी कुप डिजाइन रहेको छ।
दुवै एसयुभीहरूको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने मूल उद्देश्यबाट प्रेरित रहेका छन्।
यी दुवै एसयुभीले दमदार परफर्मेन्स प्रदान गर्दछ।
अधिकांश भेरियन्टहरूले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीको यात्राहरूमा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ।
एक्सइभी ९-ई को प्याक थ्रि भेरियन्टमा १९९ किलोवाटको पावर छ जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ र इलेक्ट्रिक एसयुभीको क्याटेगरिमा पर्फमेन्सको अपेक्षा तथा मापदण्डलाई उच्च बनाउँदछ।
एसयुभीको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाहरूले भरिपूर्ण रहेको छ जसले छुट्टै 'इन-क्याबिन' अनुभव प्रदान गर्दछ।
एक्सइभी ९-ई मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले रहेको छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ।
बिई-६ मा 'रेस-रेडि डिजिटल ककपिट' रहेको छ जसले चालकलाई हाइ-पर्फमेन्स गाडीको अनुभव दिन्छ।
साथै, यी दुवै इ-एसयुभीहरू स्मार्ट प्रविधि र विशेषताहरूले भरिएको छ जसले अत्याधुनिक 'इन-क्याबिन अकोस्टिक एक्सपेरियन्स' प्रदान गर्दछ।
जसअन्तर्गत 'एआर-बेस्ड भिजन एक्स’ हेड्स-अप डिस्प्ले, ‘हार्मन कार्डनको सोनिक स्टुडियो’, र विभिन्न ‘प्रिसेट थिम’ सहितको ‘लिभ-योर-मुड’ नामक सुविधा रहेका छन्।
यी इ-एसयुभीहरूमा सुरक्षा र इन्टेलिजेन्स दुवैलाई उच्च प्राथमिकता दिइएको छ।
जसअन्तर्गत एक्सइभी ९-ई मा एडास लेभल २ प्लस, र बिई-६ मा एडास लेभल २ सुविधा, सर्भेलेन्स क्यामरा, आइ-डेन्टिटी ड्राइभर मोनिटरिङ सिस्टम आदि रहेका छन्।
यी सुविधाहरूले गर्दा ग्राहकहरूलाई एक नयाँस्तरको आराम र सुरक्षा सुनिश्चित हुन्छ।
यी दुवै गाडीमा अटोपार्क सुविधा छ, जसबाट परपेन्डिकुलर, एङ्गुलर र प्यारालल पार्किङलाई रिभर्स असिस्ट तथा रिमोट कन्ट्रोलमार्फत सजिलै गर्न सकिन्छ।