महिन्द्रा एन्ड महिन्द्रा तथा नेपालमा महिन्द्राको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक उपलब्धिको घोषणा गरेको छ।
अल-इलेक्ट्रिक महिन्द्रा एक्सइभी ९-ई लाई भारतको सबैभन्दा प्रतिष्ठित अटोमोबाइल सम्मान, 'कार अफ द इयर(आइसिओटिवाई) २०२६' मा ग्रिन कार अवार्ड २०२६ प्रदान गरिएको छ।
आइसिओटिवाईद्वारा प्रदान गरिने प्रमुख तीन अवार्डहरूमध्ये एक, ग्रिन कार अवार्डले वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीसाधनहरूलाई सम्मान गर्दछ।
यसले एक्सइभी ९-ई को इलेक्ट्रिक मोबिलिटीको प्रति पूर्ण समर्पण र समग्र दृष्टिकोणलाई विशेष रूपमा मान्यता दिएको छ।
यो महिन्द्राको 'बोर्न इलेक्ट्रिक' प्लेटफर्मको सफलताको प्रमाण हो, जसलाई सुरुवातदेखि नै पर्यावरणीय प्रभाव नगरी उत्कृष्ट प्रदर्शन दिने उद्देश्यले निर्माण गरिएको हो।
यो प्रतिष्ठित सम्मानले एक्सइभी ९-ई लाई केवल सवारीसाधनको रूपमा मात्र नभई दक्षिण एसियाली बजार, विशेषगरी नेपालमा दिगो लक्जरी र नवीनताको नयाँ मानकको रूपमा स्थापित गरेको छ।
आइसिओटिवाईको निर्णायक मञ्चमा भारतका सबैभन्दा सम्मानित अटोमोबाइल पत्रकारहरू रहेका थिए, जसले नवप्रवर्तन, प्रविधि, मूल्य, र वातावरणीय जिम्मेवारीका आधारमा विजेताहरू छनोट गर्ने बताइएको छ।
प्रतिष्ठित इलेक्ट्रिक र वातावरणमैत्री सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै एक्सइभी ९-ई ले ग्रिन कार श्रेणीमा सबैभन्दा उच्च स्कोर प्राप्त गर्दै भारतको तीव्र रूपमा बढ्दो इलेक्ट्रिक एसयुभी बजारमा आफ्नो विशेष स्थान सुनिश्चित गरेको कम्पनीको भनाइ छ।