नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघको अध्यक्षमा श्याममणि आचार्य दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
शनिबार काठमाडौंमा भएको संघको २१औं साधारणसभा था दशौं अधिवेशनबाट आचार्यले दोस्रो कार्यकालका लागि नेतृत्व पाएका हुन्।
उनको नेतृत्वमा नयाँ कार्यसमितिमा सर्वसम्मत चयन भएको छ। १५ सदस्यीय समितिको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह-कोषाध्यक्षमा महेश जोशी छन्।
कार्यसमिति सदस्यहरूमा राम हरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्ण हरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया चयन भएका छन्।
दोस्रो कार्यकालका निर्वाचित भएपछि अध्यक्ष आचार्यले रिकन्डिसन व्यवसायीहरूको हकहितका लागिनिरन्तर काम गर्ने बताए।

त्यसअघि अधिवेशनको उद्घाटन यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलले गरेका थिए। उनले रिकन्डिसन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु पर्ने बतभाए भने विशेष अतिथि बुढानीलकण्ठ नगरपालिका-१० का वडाअध्यक्ष एवं नवराज भट्टराईले व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार सकारात्मक रहेको बताए ।
कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेका थिए।