नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन्।
पछिल्ला डेलिभरीहरूले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरूको रोजाइमा परिरहेको तथ्यलाई थप मजबुत बनाएको छ।
अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए।
त्यसैगरी, लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन्।
अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धिले गौरवान्वित भएको बताएको छ।
एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आइसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ।
यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नम्बर १ लक्जरी इभी बनाएको छ।