शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपिजि अटोमोबाइल्सले नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक एसयुभी आइकार भि-२३ लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ।
आज (माघ २२) गते विर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको सोरूम), वीरगञ्ज, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढीमा यस गाडीको अनावरण गरिएको हो।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम आइकार भि-२३ एक रेट्रो-प्रेरित, पूर्ण-इलेक्ट्रिक अफ-रोड एसयुभी हो, जसले क्लासिक रफ डिजाइन र अत्याधुनिक प्रविधिलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।
यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री र १०० किलोवाटको मोटर रहेको छ, जसले ४०१ किमी सम्मको रेन्ज प्रदान गर्दछ।
यसको आकर्षक 'बक्सी' लुक्स, क्लासिक गोलो हेडलाइट र २१० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले यसलाई सहर र अफ-रोड दुवैका लागि उपयुक्त बनाएको छ।
गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ।
आइकार भि-२३ को मूल्य ४९ लाख ९९ हजार तोकिएको छ।
हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको एसपिजी अटोमोबाइल्सले नेपालमा 'ग्रीन इनर्जी' सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ।
प्रि-बुकिङ गरेका ग्राहकहरूका लागि देशभरका सोरूम र आधिकारिक डिलरहरू मार्फत गाडीको डेलिभरी तुरुन्तै सुरू गरिने बताइएको छ।