नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङको चैत ६ गतेदेखि चैत ८ गतेसम्म स्प्रिङ एक्सचेन्ज क्याम्प कार्यक्रम सुरू गरेको छ।
यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ इभी र आइस रेञ्जका गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ।
यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ।
यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका सोरुमहरूमा आयोजना हुन लागेको हो।
स्प्रिङ एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्ससरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
बम्पर लक्की ड्र मा आइफोन १७ प्रो पनि जित्न सकिनेछ।
यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।