पायोनियर मोटो कर्प प्रा.लिले नेपालमा निसानको आधिकारिक वितरकले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयुभी निसान म्याग्नाइटमा ग्राहकहरूका लागि '१ वर्ष शून्य इन्धन' (वन इयर जिरो फ्युल) योजना घोषणा गरेको छ।
यस '१ वर्ष शून्य इन्धन' अभियान अन्तर्गत ग्राहकहरूले ५० हजार रूपैयाँसम्म नगद छुट एक लाख रूपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्नेछन्।
हाल निसान म्याग्नाइटको सुरुवाती मूल्य ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ र यो अफर देशभरका आधिकारिक निसान सोरूमहरूमा लागु हुनेछ।
यसलाई अझ आकर्षक बनाउँदै निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ।
जस अन्तर्गत म्याग्नाइट भिसिया अब प्रति दिन मात्र ९९९ रूपैयाँमा उपलब्ध हुनेछ, जसले यसलाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।
निसान म्याग्नाइटमा ५-स्टार ग्लोबल एनक्याप सेफ्टी रेटिङसहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्।
कम्पनीले ग्राहकहरूलाई नजिकको निसान सोरूममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ।