नेपालमा ओमोडा जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स जेइको जे६टी औपचारिक रूपमा सार्वजनिक गरेको छ।
बेस्ट–इन–सेग्मेन्ट इलेक्ट्रिक अल–रोडर जे६टीले ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित आकर्षक, बक्सी र रग्ड डिजाइन प्रस्तुत गर्दछ।
यो गाडी रियर–ह्विल ड्राइभ (आरडब्ल्युडी) भेरियन्टमा एमआरपी ६८ लाख ९९ हजार रूपैयाँ भए पनि ग्राहकहरूका लागि विशेष प्रारम्भिक अफर अन्तर्गत ६६ लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराइएको छ।
जेइको जे६ को सफलतापछि एसपिजी अटोमोबाइल्सले जेइको जे६टी लाई एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।
कार्यक्रममा शारदा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदा निर्देशक गौरव शारदा, जेइको जे६ का सम्मानित ग्राहकहरू, सञ्चारकर्मीहरू, इन्फ्लुएन्सरहरू, अटोमोबाइल क्षेत्रका अतिथिहरू तथा एसपिजी अटोमोबाइल्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अल–रोडर जेइको जे६टी मा रियर–माउन्टेड मोटर रहेको छ जसले २२० एनएम टर्क उत्पादन गर्छ।
यसमा लिथियम आयरन फस्फेट (एलएफपी) सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले ४३१ केएम सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।
साथै २२५ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो गाडी ४,४३३ एमएम लम्बाइ, १,९१६ एमएम चौडाइ, १,७४१ एमएम उचाइ तथा २,७१५ एमएम ह्विलबेसमा उपलब्ध छ।
गाडीमा १९–इन्च टायर, १५.६–इन्च सेन्ट्रल टचस्क्रिन, ९.२–इन्च इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर तथा ८ स्पिकर जस्ता आधुनिक फिचरहरू समावेश छन्।
यसअघि जेइको जे६ मा २०० एमएम ग्राउन्ड क्लियरेन्स तथा ४०० किमी ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ जेइको जे६टी मा अझ बढी ग्राउन्ड क्लियरेन्स र विस्तारित ड्राइभिङ रेन्ज समावेश गरिएको छ।
जेइको जे६ को सफल आधारलाई थप मजबुत बनाउँदै जे६टी ले अझ रग्ड डिजाइन, आकर्षक स्टाइलिङ तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ, जुन साहसिक यात्रा र कठिन सडक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ।
जेइको जे६ ले देशभर तथा अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट प्रदर्शन र बेस्ट–इन–सेग्मेन्ट विशेषताहरूका कारण पहिचान बनाइसकेको छ।
त्यसैले नयाँ आकर्षक लुक्स र १९–इन्च टायरसहित जे६टी ले ग्राहकहरूका लागि एक उत्कृष्ट विकल्पको रूपमा आफ्नो स्थान स्थापित गर्ने विश्वास गरिएको छ।
नयाँ जे६टी अब देशभरका सबै ओमोडा एन्ड जेइको आधिकारिक सोरुमहरूमा उपलब्ध छ।
यस नयाँ मोडेलको सुरुवातसँगै एसपिजी अटोमोबाइल्सले नेपालको तीव्र गतिमा विकास भइरहेको एसयुभी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउने र नवीन प्रविधियुक्त, विश्वासिलो तथा साहसिक ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य लिएको कम्पनीको भनाइ छ।