नेपालमा सुजुकी गाडीहरूको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बिइभी) सुजुकी इ-भिटाराको बुकिङ खुला गरेको छ।
बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सिजी मोटोकर्पले बुकिङ खुला गरेको हो।
यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध रहेको र सुरुवाती भेरियन्टमा लागु हुने कम्पनीले जनाएको छ।
जापानी अटोमेकरले देशमा भित्र्याएको यो पहिलो प्रिमियम विद्युतीय कार हो।
यो कारले नेपाली विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाइ स्थापित गर्ने लक्ष्य कम्पनीले राखेको छ।
सुजुकी इ भिटारा दुइ ब्याट्री अप्सन ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसमा क्रमश: १ सय ६ किलोवाट र १ सय २८ किलोवाट पावर दिने कम्पनीले जनाएको छ।
यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ। यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाइ नयाँ उचाइमा पुऱ्याउनेछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले सबै ग्राहकहरूलाइ तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्ने दाबी कम्पनीको छ।
सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभी सार्वजनिक गर्ने जानकारी पनि कम्पनीले दिएको छ।
मस्कुलर र बोल्ड एसयुभी इ-भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन, १८ इन्च एरोडाइनामिक अलोय ह्विल र रूफ-एन्ड स्पोइलरले गाडीलाइ बलियो र डाइनामिक लुक दिन्छ।
नेक्स्ट-जेनेरेसन ३-पोइन्ट म्याट्रिक्स एलइडी र एलइडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाइ थप आकर्षक बनाएको छ।
इ-भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन-डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड-ग्लास सनरुफ, र मल्टि-कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट-टच डुअल-टोन मेटेरियल प्रयोग गरिएको छ।
जसले प्रिमियम अनुभव प्रदान गर्छ। यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि-इन्फर्मेसन डिस्प्ले रहेको छ। 'इन्फिनिटी बाइ हर्मन'को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाइ अझ उत्कृष्ट बनाउँछ।
यात्रीहरूको आरामलाइ प्राथमिकता दिँदै इ-भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०-वे पावर-एडजस्टेबल ड्राइभर सिट रहेको छ।
साथै पछाडिको सिटमा ४०:२०:४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ।
अत्यधुनिक प्रविधि
नयाँ इभी प्लेटफर्म: इ-भिटारालाइ पूर्णतया नयाँ इभी प्लेटफर्ममा निर्माण गरिएको छ। यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन र उच्च भोल्टेज सुरक्षामा आधारित छ।
२७ सय एमएमको लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाइ सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च-क्षमताको ब्याट्री प्याकलाइ सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ।
पर्फर्मेन्स: यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३-इन-१ प्रणाली रहेको छ। यो ६१ किलोवाट आवर र ४९ किलोवाट आवरका दुइ लिथियम-आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ।
'स्यान्ड टु स्नो' जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले माइन ३० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन्। यसमा इको, नर्मल र स्पोर्ट गरी तीन मोडहरू छन्।
साथै हिउँ परेको बाटोको लागि 'स्नो टेरेन मोड' पनि दिइएको छ।
यसमा वान-पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ।
इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ।
विस्तृत सुरक्षा सुविधाहरू: हियरटेक्ट इ लेटफर्म ५० प्रतिशतभन्दा बढी हाइ-टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ।
इ-भिटारामा लेभल २ एडास, स्ट्यान्डर्ड ७ एयरब्याग (ड्राइभर-साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पांग्रामा डिस्क ब्रेक, इ-कलसुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायतका सुरक्षा सुविधाहरू समावेश छन्।