नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउनुका साथै विशेष अफरको घोषणा गरेको छ।
पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ गतेदेखि १५ गतेसम्म चल्ने अटो शोको स्टल ए१२ मा बिवाइडीका सवारी साधन अवलोकन गर्न सकिन्छ।
कम्पनीले हाल नेपाली बजारमा उपलब्ध आकर्षक मोडलहरु प्रदर्शन गरेको छ।
बिवाइडी एट्टो १-सहरका लागि बनेको: यो एक कम्प्याक्ट र स्मार्ट इन्ट्री लेभलको एसयुभी हो। व्यावहारिक विशेषता र दक्षता सहितको यो गाडी अर्वन मोबिलिटीका लागि उपयुक्त छ।
बिवाइडी एट्टो २-अब इलेक्ट्रिक: यो एक भर्सटाइल र कम्फर्टेबल इलेक्ट्रिक एसयुभी हो। प्रत्येक दिनको ड्राइभिङका लागि डिजाइन गरिएको यो एसयुभीमा टेक्नोलोजी, स्पेस र कन्भेनियन्सको परफेक्ट ब्यालेन्स छ।
बिवाइडी एट्टो ३-नेपालकै नम्बर १ एसयुभी: बिवाइडी एट्टो ३ एक प्रिमियम इलेक्ट्रिक एसयुभी हो, जुन सहरी तथा लामो दुरी दुवै ड्राइभिङका लागि निर्मित छ। यसमा एड्भान्स्ड टेक्नोलोजी, स्ट्रङ पर्फमेन्स र मोडर्न डिजाइन लगायतका फिचर छन्।
पाँच दिनसम्म चल्ने इभेन्टमा बिवाइडीले सीमित समयका लागि विशेष अफर उपलब्ध गराउने छ।
प्रत्येक गाडी बुकिङ वापत पाइने सो स्पेसल वाडा अटो शो अफर मार्फत ग्राहकका लागि इलेक्ट्रिक मोबिलिटीतिर स्विच हुने उपयुक्त मौका हुनेछ।
यस अन्तर्गत
• ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरको वारेन्टी
• १ वर्षको फ्रि इन्स्योरेन्स
• १ वर्षको सडक दस्तुर छुट
• आकर्षक नगद छुट
• फ्रि एसेसरिज
• कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ।
बिवाइडीका सबै सवारी साधनहरु कम्पनीकै एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० ले सुसज्जित छन्।
जसले सुरक्षा, कार्यक्षमता र दक्षतालाई अझै बढाउनमा भूमिका खेलेका छन्।
यसले दिगो र भविष्यमुखी मोबिलिटीतिर रहेको बिवाइडीको प्रतिबद्धतालाई जोड दिएको कम्पनीको भनाइ छ।