एमएडब्ल्यू वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आज (बिहीबार) देखि औपचारिक रूपमा सुरू भएको छ।
ग्राहकको उत्साहजनक सहभागितामा सुरू भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ।
कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको बताइएको छ।
बिहीबारदेखि शनिबारसम्म काठमाडौंको सिल्भरओक, पुल्चोकको सस्कार फाइन डाइन, राधेराधेको हेरिटेज प्यालेस र काठमाडौं बाहिर दिपल र नामीका आआफ्ना सोरुमा चल्ने मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद छुट, पुराना सवारीसाधनको उच्चतम बजार मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोन, निःशुल्क बीमा तथा चार्ज प्याकेज र नेपालकै सबैभन्दा लामो एक्टेन्डेड वारेन्टी जस्ता लाभ प्राप्त गर्न सक्नेछन्।
कार्निभलको पहिलो दिनमै उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रिया देखिएको छ जसले नेपालमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र रुचिलाई प्रतिबिम्बित गर्दछ।
नेपाल दिगो यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको बेला एमएडब्ल्यू वृद्धि नवीन र ग्राहककेन्द्रित पहलमार्फत विद्युतीय सवारी स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध छ।
बढ्दो इन्धन मूल्य, वातावरणीय सचेतना र आकर्षक एक्सचेन्ज सुविधाहरूका कारण यो कार्निभलमा ग्राहकहरू आकर्षित भइरहेका हुन्।
कम्पनीका अनुसार यस उत्सवमय वातावरणलाई थप आकर्षक बनाउन कानिर्भलमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल र फुड स्टलहरू समेत राखिएका छन्।