नेपालमा फोर्ड गाडीहरूको आधिकारिक आयातकर्ता जि.ओ. अटोमोबाइल्स सीमित अवधिको एक विशेष अफर घोषणा गरेको छ।
नेपालमै पहिलो पटक लागु गरिएको यस अफरअन्तर्गत फोर्डका प्रिमियम एसयुभी वा पिकअप खरिद गर्ने ग्राहकहरूले नयाँ इलेक्ट्रिक भेहिकल (इभी) कार निःशुल्क प्राप्त गर्नेछन्। (जसमा एभरेस्ट, ऱ्याप्टर र रेन्जर) गाडी समावेश छन्।
यस अफरमार्फत ग्राहकहरूले फोर्डका प्रिमियम गाडीहरूको शक्तिशाली प्रदर्शन, विश्वसनीयता र उत्कृष्ट क्षमता अनुभव गर्नुका साथै इलेक्ट्रिक ड्राइभिङको दक्षता र सहजताको पनि अनुभव गर्न सक्नेछन्।
बढ्दो इन्धन मूल्य र दिगो यातायातप्रति बढ्दो चासोको सन्दर्भमा फोर्ड नेपालले ग्राहकहरूलाई एउटै प्याकेजमा दुई प्रकारका अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
जि.ओ अटोमोबाइल्सका एक प्रवक्ताले भने, 'नेपालमा यो पहिलो किसिमको अफर हो। हामी ग्राहकहरूले फोर्डको रोमाञ्चक ड्राइभिङ अनुभव र इलेक्ट्रिक ड्राइभिङको व्यवहारिकता एउटै प्याकेजमा प्राप्त गरून् भन्ने चाहन्छौं।'
यस अफरअन्तर्गत एभरेस्ट, ऱ्याप्टर वा रेन्जर जस्ता प्रिमियम फोर्ड मोडेल खरिद गर्ने ग्राहकहरूले अब एउटाको मूल्यमा दुईवटा गाडी घर लैजान सक्ने कम्पनीले बताएको छ।
यो विशेष योजना नेपालभरका फोर्डप्रेमी ग्राहकहरूलाई थप मूल्य, सुविधा र विकल्प प्रदान गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ।